मधेशमा पुन ठूलो आन्दोलन हुने यादवको चेतावनी - Crazysaptahik.com

मधेशमा पुन ठूलो आन्दोलन हुने यादवको चेतावनी


क्रेजी साप्ताहिक । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । आज जलेश्वरमा युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने यादवले बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताए । उनले भने “आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहन्छ ।” अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे । अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन समेत उनले आग्रह गरे ।

सम्बन्धित खवर