एनसेल टावरमा आगजनी - Crazysaptahik.com

एनसेल टावरमा आगजनी


क्रेजी साप्ताहिक कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवास्थित एनसेल टावरमा आगलागि भएको छ । अज्ञात समुहले गएराति करिब सवा १० बजेतिर टावरमा आगजनी गरेको हो ।

सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका ९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।

सम्बन्धित खवर