शनिश्चरे बजारमा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवको उद्घाटन - Crazysaptahik.com

शनिश्चरे बजारमा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवको उद्घाटन


क्रेजी साप्ताहिक पथरी ।  मोरङको पथरी शनिश्चरे ९ मा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवकले पहिलो पटक आज बुधबार अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा आफनो सेवा उद्घाटन गरेको छ ।

शसस्त्र वेश क्याम्प अगाडी रेडक्रस लाईन उत्तरपट्टी करिव ४० लाखको लगानीमा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवले सेवा उद्घाटन गरेको संचालक तथा प्रशिक्षक लोक तामाङले बताए । उनले शरीरको मांसपेशी ठूलो बनाउने काम मात्र नभएर मानिसको शरीर फिट र तन्दुरुस्त रहनका लागि पनि जिममा विभिन्न एक्सरसाइज गर्नु पर्ने बताएका छन् । संचालक तामाङले जिम जुन सुकै उमेरका मानिसले आफूलाई फिट र स्वस्थ राख्न जिमको आवश्यकता पर्ने उल्लेख गरे । उनले विहानको ४ बजे बाट ९.३० र दिउसो २ देखि बेलुका ८ बजे सम्म २ सिप्ठमा प्रशिक्षण दिने बताएका हुन् । हप्ताको ६ दिन सेवा प्रदान गरी शनिबार बन्द रहने जानकारी दिएका छन् । सेवा लिने मानिसका लागी प्रवेश शुल्क ५ सय,१ महिनाको १ हजार,२ महिनामा २ हजार, ३ महिनामा २ हजार ५ सय,६ महिनाको ५ हजार र १ वर्षको ९ हजार शुल्क निर्धारण गरिएको बताएका छन् ।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष गोविन्द बहादुर भण्डारी र ९ का अध्यक्ष भानु भक्त राईले रिवन काटेर उद्घाटन गरेका थिए । अध्यक्ष भण्डारीले जिम भन्नेबित्तिकै धेरैले तौल उचाल्ने र शरीरका विभिन्न भागको मसल फुलाउने काम भनेर बुझ्ने गरे पनि मानिस स्वस्थ रहनका लागि जिम गर्नु पर्ने आवश्यक रहेको बताए । शनिश्चरे बजारमा पहिलो पटक यो सेवा संचालन गरेकोमा संचालक तामाङलाई शुभकामना समेत दिएकाछन् ।

सम्बन्धित खवर