क्रेजी साप्ताहिक । भिरबाट लडेर भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका २ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको मृत्यु भएको छ ।
ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर मंगलवार राती ७ बजेको समयमा बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।