कुलमान घिसिङलाई सम्मान - Crazysaptahik.com

कुलमान घिसिङलाई सम्मान


क्रेजी साप्ताहिक चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको छ । घिसीङलाई मुलकमा विकराल अवस्थामा रहेको लोडसेडिङलाई अन्त्य गरी पर्यटन लगायत सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार सम्मान गरेको हो ।

संघले चितवनको सौराहामा आयोजना गरेको १६ औं हात्ती महोत्सव समापन समारोहमा प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईंले सम्मानपत्रसहित दोसल्ला ओढाएर घिसिङलाई सम्मान गरे । सरकारले दिएको जिम्मेवारी सबैको साथ र सहयोगले पूरा गर्दा लोडसेडिङ अन्त्य गर्ने गर्न सानो सफलता हासिल भएको उल्लेख गर्दै घिसिङले अब ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण क्रियाशील रहेको बताए ।

सम्बन्धित खवर