क्रेजी साप्ताहिक
काठमाडौं । ३२ वर्ष नकटेको नेतृत्व माग गर्दै नेपाल विद्यार्थी संघको एउटा समूह नेपाली कांग्रेसको कार्यालय सानेपामा अनसन बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेको सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समूहले २० दिनदेखिको रिले अनसन जारी राखेको हो ।
यसक्रममा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गर्दा संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गर्यो पौडेल समूहले जिल्ला सभापतिहरुको भेला आज बोलाएको छ । भेलाका लागि जिल्ला सभापतिहरु पार्टी कार्यालय पुग्दा विद्यार्थी नेताहरुले भने असक्षम नेतृत्व चाहिँदैन, बहुमतको दम्भले पार्टी अब चल्दैन भन्दै नाराबाजी गरेका छन् ।