सवारी दुर्घटनामा एक जनाको मृत्यु - Crazysaptahik.com

सवारी दुर्घटनामा एक जनाको मृत्यु


क्रेजी साप्ताहिक
चितवन । गएराति चितवनमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर