एउटै माछा १८ करोडमा बिक्री - Crazysaptahik.com

एउटै माछा १८ करोडमा बिक्री


क्रेजी साप्ताहिक
एजेन्सि । जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि कियोसी किमुराले यो रकम खर्चेका हुन् ।

तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा किमुराले यो माछा किनेका हुन् । यो माछा जापानको उत्तरी अओमारीमा समातिएको थियो। किमुराले एउटै माछाका लागि यति धेरै रकम खर्चेपनि यो नै रेकर्ड चाहिँ होइन । यसअघि गत बर्ष आयोजित लिलाम बढाबढमा एउटै माछा ३१ करोड रुपैयाँमा बिकेका थियो । विश्व वन्यजन्तु कोषका अनुसार ब्लुफिन पनि विशाल टुना माछाहरु ४० बर्षसम्म बाँच्‍न सक्छन् । संकटापन्न अवस्थामा रहेका यी माछाहरु १० फिटसम्म लामा हुनछन् ।

सम्बन्धित खवर