सुनको मूल्य घट्यो - Crazysaptahik.com

सुनको मूल्य घट्यो


क्रेजी साप्ताहिक । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य मंगलबार भने घटेको छ । सोमबार ७६ हजार मा कारोबार भएको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर