नक्कली १ हजार नेपाली नोट सहित २ जना पक्राउ - Crazysaptahik.com

नक्कली १ हजार नेपाली नोट सहित २ जना पक्राउ


क्रेजी साप्ताहिक
बिर्तामोड । नक्कली नोट सहित २ जनालाई प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट पक्राउ गरेको छ । सोमबार दिउँसो १० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले झापाको बिर्तामोड नगरपालिका ५ बस्ने ३४ बर्षिय सुरेन्द्र योङहाङ र मोरङको बेलबारी नगरपालिका ४ बस्ने बर्ष २५ को किरण खवासलाई १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप पश्चात अन्य अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय अनारमनी जनाएको छ ।

सम्बन्धित खवर