मोटरसाइकल चोरी गर्ने पक्राउ - Crazysaptahik.com

मोटरसाइकल चोरी गर्ने पक्राउ


क्रेजी साप्ताहिक । काठमाडौँबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो । तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर