विद्यालयमा अनुगमन् समितिको निर्देशन - Crazysaptahik.com

विद्यालयमा अनुगमन् समितिको निर्देशन


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अनुगमन् समितिले नगरका विद्यालयहरुका अनुगमन् गर्दा केही शिक्षकहरु अनुपस्थित भएका २ वटा विद्यालयलाई लापरवाही नगरी व्यवस्थित पठनपाठन गर्न निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजकयमुना विष्ट वास्तोला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको टोलीले ३ वटा विद्यालयको आज अनुगमन् गर्ने क्रममा २ विद्यालयमा लापरवाही भेटीएकाले त्यसलाई सुधार्न निर्देशन दिएको हो ।

वडा नम्वर ३ को जनता माविमा मावि तहका २, निवामि तहका ३, सहयोगी शिक्षक १ र कर्मचारी १ गरी ७ जना अनुपस्थित भेटिएको उपसचिव काफ्लेले बताउनु भयो । त्यसैगरी, सोही वडाको सामाजिक आधारभूत विद्यालयमा ३ जना शिक्षक अनुपस्थित भेटिए । दुवै विद्यालयका प्रधानाध्यापकलाई पठन पाठनमा शिक्षकहरुको लापरवाही तत्काल रोक्न समितिले निर्देशन समेत दिएको छ । उता, वडा नम्वर २ को सरस्वती आधारभूत विद्यालयमा भनें सवै शिक्षकहरु उपस्थित भेटिएको छ । समितिले हाजिरी चेक समेत गरेको थियो । साथै समितिले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी क्रमागत रुपमा निर्माण भएको जनता माविको ४ कोठे भवनको पनि अनुगमन् गरेको छ । जनताका साथै सरस्वती आधारभूतमा चालु आर्थिक वर्षका लागि तराई मधेश समृद्धि कार्यक्रममार्फत ३०÷३० लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको निर्माणअघिको प्रारम्भिक अवस्थितीको पनि अवलोकन भएको छ ।

सम्बन्धित खवर