निशान भट्टराईको कार दुर्घटनामा परी निधन - Crazysaptahik.com

निशान भट्टराईको कार दुर्घटनामा परी निधन

 

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गमा अवस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

–अनलाइनखबर

सम्बन्धित खवर