क्रेजी साप्ताहिक काभ्रे । बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।
बुधबार बेलुका जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक ताससहित उनिहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।