क्रेजी साप्ताहिक
मोरङ । विराटनगरबाट काठमाडौँ हुँदै पोखरा जानुपर्ने यात्रुको समस्यालाई मध्यनजर गदै बुद्ध एयरले विराटनगरबाट काठमाडौको उडान सुरु गर्ने भएको छ । बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको हो ।
सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार विराटनगर–पोखराको उडान हुने बुद्ध एयरले जनाएको छ । दिउसो १.१० बजे विराटनगरबाट उड्नेछ भने २.१० मा पोखरामा अवतरण गर्नेछ । उडान समय ६० मिनेटको हुने जनाइएको छ ।