रेडस्टारमा दुई दिने अभिभावक अभिमुखीकरण तालिम - Crazysaptahik.com

रेडस्टारमा दुई दिने अभिभावक अभिमुखीकरण तालिम

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार आवासीय माध्यमिक विद्यालयले शनिबारबाट २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार र आज सञ्चालन हुने अभिमुखीकरण कार्यक्रमको शनिबार नगर प्रमुख दिलिप कुमार राईद्वारा उद्घाटन भएको हो । संविधान भा सदस्य चन्डीप्रसाद राई, लालबहादुर सुस्लिङ लगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा वोल्दै नगरप्रमुख राईले यश किसिमका अभिभावक लक्षित कार्यक्रमले शिक्षा प्रतीको अवधारणा मजबुत बनाउने विश्वास व्यक्त गर्नु भयो। साथै उहाँले परिस्कृत शिक्षा प्रदान गर्न लागि पर्न सुझाव दिएको छ ।

कार्यक्रममा प्रमुख प्रशिक्षक इश्वर श्रेष्ठले सहजीकरण गरिरहेको छ भने खड्ग प्रसाईले उनलाई साथ दिइरहेका छन् । विद्यालयले प्रत्येक बर्ष अभिभावकहरुका लागि यश किसिमका अभिमुखिकरण कार्यक्रम संचालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक टि एन तिम्सिनाले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.