आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता - Crazysaptahik.com

आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता


क्रेजी साप्ताहिक । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको छ । राउतविरुद्ध पीडित भनिएकी महिला प्रहरीले प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा अभद्र व्यवहारको उजुरी दिएपछि मुद्दा दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने एसएसपी सुवेदीले बताए ।
त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको बुधबार क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको थियो । बुधबार काठमाडौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ मा भनिएको छ, कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.