क्रेजी साप्ताहिक काठमाडौं । रुपन्देहीको विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बीरेन्द्रप्रसाद चौधरीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।
भारतीय बजारबाट घरासयी सामान ओसार–पोसार गर्न सहजीकरण गरिदिने भन्दै ६ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध आइतबार मुद्धा दायर गरेको हो । चौधरीलाई अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा चौधरीले सेवाग्राहीसँग घुस लिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।