
क्रेजी साप्ताहिक । निरन्तर हिउँ परेपछि त्यसलाई रोक्न उपल्लो डोल्पाको पुग्मो गाउँका बासीन्दाले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।
‘हिउँ पर्न रोकिएर घाम लागोस’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ । हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।

