क्रेजी साप्ताहिक काठमाडौं । प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच महानिरीक्षक खनालले सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा महानिरीक्षक खनालले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए । गत माघ ६ गतेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती गर्ने निर्णय गरेको थियो ।