सल्लाहमा मदिरापान, विवादपछि छुरा प्रहार गरि साथीको हत्या - Crazysaptahik.com

सल्लाहमा मदिरापान, विवादपछि छुरा प्रहार गरि साथीको हत्या


क्रेजी साप्ताहिक काठमाडौं । भक्तपुरमा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको ज्यान गएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार, यही विवादमा आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट प्रहरी नायब उपरीक्षक तथा महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत कुमाविक्रम थापाले जानकारी दिए । उनका अनुसार, अहिले दुई किशोरमाथि अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर