क्रेजी साप्ताहिक दमक। झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृतयु भएको छ । मोरङ उर्लाबारी–९ बस्ने ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो ।
शनिवार बेलुका ८ बजे झापा दमक नयलबारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।