क्रेजी साप्ताहिक झापा । झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार गाडी टिपरसँग ठोकिएर दुर्घटनामा परेको छ । आइतबार दिउँसो दमक नजिकै रतुवा खोला पुलमा उनको गाडी दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारी अनुसार विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको थियो । नगरपालिकाको मे१झ १५२ नम्बरको गाडी मेयर शेर्माले नै चलाएको बताइएको छ । गाडी क्षति पुगेको छ, भने मेयर शेर्मा सकुशल छन् ।