१२ लाख अवैध भारुसहित भारतीय नागरीक पक्राउ - Crazysaptahik.com

१२ लाख अवैध भारुसहित भारतीय नागरीक पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । प्रतिबन्धित भारतीय रुपैयाँ १२ लाखसहित बुधबार एक जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्द रहेका छन् ।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका ८ घण्टाघरबाट चन्दलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ६ सय थान नोटसहित नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । बा.६ च.७४४० नम्बरको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको कार रिजर्व गरेर आइरहेको समयमा प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित उनी पक्राउ परेका हुन् । चन्दलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर