आफ्नै साथीको हत्यागरि फरार रहेका अभियुक्त पक्राउ - Crazysaptahik.com

आफ्नै साथीको हत्यागरि फरार रहेका अभियुक्त पक्राउ


क्रेजी साप्ताहिक । आफ्नै साथीको हत्या गरी फरार रहेको भनिएका अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या गरेको आरोपमा आज पक्राउ गरेको हो ।

उनी माथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित निर्माणाधीन घर कुर्न बसेका ३० वर्षीय सुरेशकुमार साहलाई हत्या गरेको आरोप छ । मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सम्बन्धित खवर