ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु - Crazysaptahik.com

ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु


क्रेजी साप्ताहिक काठमाडौं । शुक्रबार बिहान बिरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका–७ का ३४वर्षीय प्रेम कार्की रहेका छन् ।

सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । ट्रकको ठक्करपछि उद्धार गरी अस्पताल पुर्‍याइए पनि कार्कीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताए । दुर्घटनामा थप एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्तले पिपिरा चोकमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
यसअघि मंगलबार वीरेन्द्रनगरमा टिपरको ठक्करबाट कालीकोटको युवकको मृत्यु भएपछि तीन दिनसम्म वीरेन्द्रनगर अशान्त बनेको थियो । अर्को दुर्घटना भएपछि पुन वीरेन्द्रनगरमा आन्दोलन सुरु भएको छ ।

सम्बन्धित खवर