रुपन्देहीमा लागूऔषध सहित दुई जना पक्राउ - Crazysaptahik.com

रुपन्देहीमा लागूऔषध सहित दुई जना पक्राउ


क्रेजी साप्ताहिक बुटवल । रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनियालाई जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका १ स्थित तनहूँ होटलको कोठा नम्बर १३६ बाट दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनरागन, १ एम्पुल नुफिन लगायतका लागूऔषधका साथै बिभिन्न कम्पनीका ९ थान मोबाइल समेत बरामद गरेको हो । रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

सम्बन्धित खवर