क्रेजी साप्ताहिक सुनसरी । धरानमा एक जनालाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । कोरियाबाट फर्केका धरान ११ का एक विरामीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेको हो ।
कोरीयाबाट बरिब ५ दिन अघिमात्र नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको दुःखाईको उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका थिए । प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानी रिफर गरीएको जानकारी दिए । कोरियाबाट आफु फर्कदा केही व्यक्ति संक्रमण भइसकेको बताएका उक्त बिरामी तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती विरामी उपचार गराउन आएको डा. मल्लले बताए ।
बिहिबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका विरामी आफैले पनि आफुलाई कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आसंका जनाए पछि राती ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएको छ । आशंकाकै आधारमा उनलाई रेफर गरीएको भएपनी यसबारेमा मन्त्रालयमा पनि जानकारी गराइसकेको डा.मल्लले बताए ।