क्रेजी साप्ताहिक । डडेलधुरास्थित आलिलताल गाउँपालिकाका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि माथि कुटपिट भएको छ । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जोशीलाई मुकुन्डो लगाएर आएको समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए । कुटपिटबाट जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ । घटना लगत्तै नेकपा डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गरेको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारबाहीको माग समेत गरिएको छ ।