क्रेजी साप्ताहिक । शनिबार राति हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा अवस्थित जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा आगलागी भएको छ । ना ७ ख ८७२८ र ना १ क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्काे आंशिक रूपमा क्षति भएको जनाइएको छ ।
हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ भएको वा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।