यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी राणा जिप्रकाको नियन्त्रणमा - Crazysaptahik.com

यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी राणा जिप्रकाको नियन्त्रणमा


क्रेजी साप्ताहिक । यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणा यतिबेला सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । राणालाई पक्राउकालागि सुनसरी प्रहरीले अदालत समक्ष आदेश माग गरेको थियो । सोही अनुरुप सुनसरी जिल्ला अदालतले आज पक्राउ आदेश जारी गरेको हो । राणालाई अदालतको आदेश पश्चात प्रहरीले पक्राउ गरेको खबर बाहिरिएको भएपनि सुनसरी प्रहरीले भने एसएसपी राणा स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको बताएको छ ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले एसएसपी राणा स्वयं उपस्थित भएको बताए । राणाको मेडिकल गरिएको छ र उनलाई जिल्ला प्रहरी कार्यालयको भीआइपी कक्षमा राखिएको प्रहरीले जनाएको छ ।एसएसपी राणाले आफुमाथि लगाइएको आरोप झुटो भएको बताउँदै आएका छन् । यौन हिंसा गरेको उजुरी पश्चात राणालाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । राणा उपर पीडित महिलाले इटहरीको एक होटलमा आफुमाथि जबरजस्ती करणी गरेको आरोप सहित उजुरी दिएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.