चामल बोकेको ट्रक पुलबाट खस्यो - Crazysaptahik.com

चामल बोकेको ट्रक पुलबाट खस्यो

क्रेजी साप्ताहिक । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खोल्सामा खस्दा ट्रकचालक शेरबहादुर गुरुङ घाइते भएका छन् ।  भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.