माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु - Crazysaptahik.com

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


क्रेजी साप्ताहिक मोरङ । माटोको ढिस्कोले पुरिएर मोरङमा एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका ६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् । उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा आइतबार राति एक बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.