क्रेजी साप्ताहिक । पथरीशनिश्चरे वडा नं १० का अशक्त, अपाङ्ग तथा बृद्धबृद्धालाई घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरण गरिने भएको छ । रोग, बिमार तथा अन्य कारणले बैंकखाता खोल्न बैंकसम्म जानै नसक्ने वडाबासीहरुको समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सागर राई र देव बिकास बैंक पथरी शाखाका प्रमुख देव चौधरीले घरघरमै पुगि बैंकखाता समेत खोलाइसकेका छन् ।
बैंकसम्म जानै नसक्ने अशक्त,अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भक्ता प्रदान गरिने वडाध्यक्ष राईले बताउनुभयो । त्यस्तै सामाजिक सुरक्षाभक्ता पाउने ब्यक्तिहरुले २४ गते भित्रै देव बिकास बैंकमा खाता खोल्न समेत उहाँले वडाका नागरीकलाई जानकारी गराउनुभएको थियो । सो वडाको सामाजिक सुरक्षाभत्ता बितरणका लागि देव बिकास बैंकले सहजिकरण गर्दै आएको छ ।