भिख माग्ने निहुँमा महिला र बालिका बलात्कार गर्ने बाबा पक्राउ - Crazysaptahik.com

भिख माग्ने निहुँमा महिला र बालिका बलात्कार गर्ने बाबा पक्राउ


क्रेजी साप्ताहिक । बाबाको भेषमा महिला तथा बालिका बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोल्हवी नगरपालिकाको वडा नम्बर ११ रमपूर्वामा १४ वर्षिया बालिका बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । विगत १५ वर्ष देखि कोल्हवी क्षेत्रमा भारतीय ति ब्यक्तिले वर्ष ५५ को आफू आसाराम बाबाको चेला बताइ झण्डा बाबा भनेर परिचय दिदै आएका थिए ।

उनले बालिकालाई मन्त्र सिकाईदिने भनी बलात्कार गरिरहेकै अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहले बताए । जिल्ला प्रहरी कार्यालय बाराले दिएका जानकारी अनुसार झणडा बाबा भन्ने रामेश्वर शर्माले आफू आसारामको चेला हो भनी कोल्हवी क्षेत्रमा झारफुक गर्ने बाबा हो भनी विश्वास जमाएर बस्दै आएको थियो । शर्माले झारफुक तथा तन्त्रमन्त्र सिकाईने भनी बालिका तथा महिलालाई बोलाई यौन शोषण गर्दै आएका थिए । शर्माले नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.