ताप्लेजुङमा भिरबाट लडेर १ जनाको मृत्यु - Crazysaptahik.com

ताप्लेजुङमा भिरबाट लडेर १ जनाको मृत्यु


क्रेजी साप्ताहिक ताप्लेजुङ । भिरबाट लडेर ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका २ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको मृत्यु भएको छ । घरबाट खर काट्न भनी सोमवार दिउँसो हिडेका लिम्बु बेलुका सम्म घर फर्केर नआएपछी खोजि गर्दा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका थिए । घाईते लिम्बुलाई घर ल्याईएकोमा राती १२ बजे मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.