बस र माइक्रो ठोक्किदा १९ घाइते, ३ सिकिस्त - Crazysaptahik.com

बस र माइक्रो ठोक्किदा १९ घाइते, ३ सिकिस्त


क्रेजी साप्ताहिक । नारायणगढबाट बेसीशहर जाँदै गरेको बस र पोखराबाट जाँदैगरेको माइक्रो एकआपसमा ठोक्किदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जना सिकिस्त रहेको अबुखैरेनी प्रहरी बिटका इन्चार्ज बुद्धि प्रसाद सुबेदीले बताए ।

प्रहरीले ना ४ ख ६३५७ नम्बरको बसका चालकलाई नियन्त्रण्मा लिएको छ । बसले ओभरट्याक गर्दा बा ३ ख ४२०१ नम्बरको माईक्रोलाई ढक्कर दिएको थियो । माइक्रोको चालक लगायत २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । आबुखैरेनीको नारीघाटमा बिहान १०स्३० मा यो दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाईएको प्रहरी इन्चार्ज सुबेदीले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.