क्रेजी साप्ताहिक । नेपाली संदेश मुलक छोटो चलचित्र पश्चताप सार्बजनिक भएको छ । लागुपदार्थ दुव्र्यसनी बिरुद्धको यो छोटो चलचित्रमा स्कुल लेभल, कलेज लेभल देखी कलेज लेभल सक्कीए पछि के–के हुन्छ, भन्ने बारेमा भिडियोमा देखाउन खोजिएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा निर्माण भएको उक्त छोटो चलचित्रलाई प्रभात सामुदायीक युवा क्लबले अयोजना गरेको हो । ईस्वर दुलालको सहायक निर्देशमा बनेको भिडियोमा श्याम गिरीको छायंकन र मेकअप रहेको छ । भिडियोलाई ईस्वर दुलालले नै सम्पादन गरेका हुन् । भिडियोमा ईस्वर दुलाल, मौसम तिवारी, अन्जु मगर, सोनिया न्यौपाने, पुनम कटुवाल,प्रदिप कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई मातृका पौडेलले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोसः