
क्रेजी साप्ताहिक मोरङ । लागुऔषध चरेश सेवन गरिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १४ स्थित सिमा एरियाबाट उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्थानीय २६ बर्षीय दिपक सहनी, ४२ बर्षीय राम यादब र ५५ बर्षीय मुस्तफीर मिया रहेका छन ।
बिहिवार दिउँसो १२ बजे दिपक सहनीको कोठामा चरेश सेवन गरिरहेको अवस्थामा १०० ग्राम चरेश सहित तिनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

