चितुवाको आक्रमणबाट बालिकाको मृत्यु - Crazysaptahik.com

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

क्रेजी साप्ताहिक । पोखरामा चितुवाको आक्रमण परी एक बालिकाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ कोठेगाउँकी नौ वर्षीया पूजा विकलाई बिहीबार राति चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए । प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् । यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए ।

सम्बन्धित खवर