बलात्कार आरोपी एसएसपी राणलाई ८ दिनको म्याद थप - Crazysaptahik.com

बलात्कार आरोपी एसएसपी राणलाई ८ दिनको म्याद थप


क्रेजी साप्ताहिक । यौन काण्डमा पक्राउ परेका संघिय प्रहरी इकाई कार्यलय धरानका एसएसपी शौरभ राणालाई दोस्रो पटक ८ दिनको म्याद गरिएको छ । उनलाई पहिलो पटक पक्राउ गरि ५ दिनको म्याद थप गरिएको थियो । जिल्ला आदालत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधिस शंकरबहादुर राईको इजालसले ८ दिनको म्याद थप गरेको हो । यता जिल्ला प्रहरी कार्यलय सुनसरीमा उजुरी हाल्ने धरानकी ती महिलाले भने अहिले सरकारी वकिल मार्फत मुद्धा फिर्ता लिईदिनु भन्दै हारगुहार गरेको छिन ।

आफुलाई अरुले जवरजस्ती उजुरी दिन लगाएको भन्दै उनि अहिले मुद्धा फिर्ता लिन आग्रह गरिरहेको पाइएको छ । ०४९ सालमा निरिक्षक पदमा भर्ना भएर सौरभले प्रहरी सेवामा प्रवेश गरेका थिए । बलात्कार आरोपमा जोहरी र निलम्वनपछिको प्रक्रिया हो, गिरफ्तारी । अब सौरभलाई पक्रनेबारे प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ठाकुर ज्ञवालीसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले जानकारी दिए । उनले भने– ‘आइतबार सम्ममा पक्राउ गर्छौं ।’ निलम्वित हुनु अघि सौरभ संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.