आगलागिमा परि दश वर्षीया बालिकाको मृत्यु - Crazysaptahik.com

आगलागिमा परि दश वर्षीया बालिकाको मृत्यु


क्रेजी साप्ताहिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा गोठमा आगलागी हुँदा जलेर दश वर्षीया बालिकाको मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आज आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । ‘गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।’ उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.