इन्डियन वुमन्स लिग सेमिफाइनलमा सावित्रा भर्सेस अनिता - Crazysaptahik.com

इन्डियन वुमन्स लिग सेमिफाइनलमा सावित्रा भर्सेस अनिता


क्रेजी साप्ताहिक । भारतमा भइरहेको हिरो इन्डियन वुमन्स लिगमा नेपाली खेलाडी रहेको दुई टिम सेमिफाइनलमा भिड्ने भएका छन् । राष्ट्रिय टिम र एपीएफमा सँगै खेल्ने सावित्रा भण्डारी र अनिता बस्नेत अब सेमिफाइनलमा प्रतिद्वन्द्वी हुने भएका छन् ।

समूह बीको अन्तिम खेलमा सावित्रा सम्मलित गोकुलम केरला एफसीले विदेश ११ एफसीलाई ५-० ले हराएर समूह विजेता बनेपछि सेमिफाइनलमा समूह ए को उपविजेता सेथु एफसीसंग खेल्ने भएको हो । नेपालकी अर्की खेलाडी अनिता बस्नेत यस सिजन सेथुबाट खेलिरहेकी छिन् ।

गत सिजन दुवै खेलाडीले सेथुबाट खेल्दै उपाधि जितेका थिए । यस सिजन भने सावित्रा गोकुलम जाँदा अनिताले सेथुबाटै खेलिन् । गोकुलमले समूह बी मा खेलेको सबै ५ खेल जित्दा सावित्राले गोल गरेकी छन् । उनले दुई खेलमा ५-५ गोल गरिन् भने तीन खेलमा समान १ गोल गरिन् ।

यस्तै लिग खेल्नुअघि प्लेअफमा समेत खेलेकी सावित्राले एक गोल गरेकी थिइन् । यता अनिताको टिम सेथुले भने समूह बी मा ५ मध्ये ४ खेल जित्दा १ मा हार बेहोर्‍यो ।

सम्बन्धित खवर