
क्रेजी साप्ताहिक । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोजका लागि गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म फेला पार्न नसकिएको चन्दले बताए । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।

