दुई टुक्रा पारिएको अवस्थामा महिलाको शव भेटीयो - Crazysaptahik.com

दुई टुक्रा पारिएको अवस्थामा महिलाको शव भेटीयो

क्रेजी साप्ताहिक पोखरा । सोमबार पोखराको आर्बामा एक महिलाको शव दुई टुक्रा पारिएको अवस्थामा फेला परेको छ । अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव आर्बा साझा बस्ति नजिकैको जंगलमा क्षत विक्षत अवस्थामा फेला परेको हो ।

दाउरा काट्न गएका स्थानीयले महिलाको शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर दुई टुक्रा पारेर फालिएको अवस्थामा शव फेला परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मृतकको पहिचान हुन नसकेकाले घटनाको बारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.