हलमा ‘धुलो’ लाग्ने - Crazysaptahik.com

हलमा ‘धुलो’ लाग्ने

क्रेजी साप्ताहिक ।  सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ फागुन १६ गतेबाट हलहरुमा लाग्ने भएको छ । निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्मले रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरेको छ ।

बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिका रहेको छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल रहेका छन् । सुवाससिंह बस्न्यातको लेखन, बिन आचार्यको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको यस फिल्मको गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने भएको छ ।

सम्बन्धित खवर