दुर्घटनामा परि नायीका महिमा सिलवालको मृत्यु - Crazysaptahik.com

दुर्घटनामा परि नायीका महिमा सिलवालको मृत्यु


क्रेजी साप्ताहिक । बुधबार धादिङमा भएको सवारी दुर्घटनामा परि अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा बा ९८ प ७०५८ नम्बरको सिलवाल सवार स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगर स्थायी घर भएकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिइ कारबाही चलाएको जनाएको छ ।

सम्बन्धित खवर