क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ । पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार राईबाट सो तालिमको उद्घाटन् भएको छ । तालिमको उद्घाटन् गर्दै उहाँले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना व्यक्त गर्नुभयो ।
प्रति तालिमका लागि २ लाख ९० हजार रुपैयाँको नगरपालिका कार्यालयको बजेट अनुरुप कार्यक्रम अघि बढाइएको इन्स्टिच्यूटका निर्देशक युवराज चौंलागाईंले बताउनु भयो । दुवै विधामा ५०,५० जना सहभागि रहेका छन् । कम्प्युटरका लागि रुद्रमणि सिटौला र रजनी तामाङले तथा लोकसेवाका लागि गिरीराज भट्टराई, एकनाथ दहाल, सरोज सुवेदी र ज्ञानेन्द्र नेपालले सहजिकरण गर्नुहुनेछ ।
०७५ सालमा वडा नम्वर १ को पथरी बजारमा स्थापना भएको इन्स्टिच्यूटले लोकसेवा तयारी कक्षाका साथै कम्प्यूटर, अंग्रेजी भाषा, जापानीज भाषा, कोरियन भाषा, प्राइभेट एसइइ र प्लस टु, आइइएलटीएस, ट्यूशन कक्षा सञ्चालन गर्दै आएको छ । यसले सीटीइभीटीका तालिमहरु समेत सञ्चालन गरेको छ ।