
क्रेजी साप्ताहिक । गएराति १२ बजेको समयमा मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लोकमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । तिव्र गतिमा रहेको मोटरसाइकल एक आपसमा ठोकिदा २ जानाको घटना स्थलमै निधन हुनुका साथै दुई जना घाइते भएका छन ।
तिव्र गतिमा रहेको को ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकीदा २ जनाको निधन भएको हो । दुर्घटनामा सुन्दरहरैंचा ८ बस्ने बर्ष २२ का विशाल खत्री साथै सुन्दरहरैचा १२ बस्ने बर्ष २३ का अर्पण गुरागाईँको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते २ जानालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएको साथै मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

