मोस्ट वान्टेड लामाका सहयोगी सत्यमान पक्राउ - Crazysaptahik.com

मोस्ट वान्टेड लामाका सहयोगी सत्यमान पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा होटल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएको हो ।

महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए । त्यसअघि ०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा उनी समातिएका थिए । तर, नेकपा सांसद् नवीना लामाले उनलाई छुटाएकी थिइन् । प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुण्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.